सिद्धार्थ बैंकको नाफा ८९ प्रतिशतले बढ्यो
सिद्धार्थ बैंकको नाफा ८९ प्रतिशतले बढ्यो
    • Bell Sanchar

    • १४ कार्तिक २०७८, आईतवार

सिद्धार्थ बैंक लिमिटेडले पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरण अनुसार ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो वर्षको उक्त अवधिमा ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

सोही अवधिको अघिल्लो वर्षको तुलनामा ८९ दशमलव ५० प्रतिशतले बढी हो । त्यस्तै, खुद ब्याज आम्दानी पनि ३० दशमलव २५ प्रतिशतले बृद्धि भएको छ भने जगेडा कोषको आकार पनि ३ दशमलव ८५ प्रतिशत बढेको छ । यसैगरी, संचालन मुनाफा पनि ८७ दशमलव २७ प्रतिशतले बढेको छ।

साताकाे चर्चित
सम्बन्धित