नोकियाको एउटा फोन, जसलाई एकपटक चार्ज गरेपछि ३ दिन टिक्छ !
नोकियाको एउटा फोन, जसलाई एकपटक चार्ज गरेपछि ३ दिन टिक्छ !
    • Bell Sanchar

    • १८ कार्तिक २०७८, बिहीबार

एजेन्सी । एचएमडी ग्लोबलले एकपटक चार्ज गरेपछि तीन दिनसम्म ब्याट्रि टिक्ने नोकिया सी ३० सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार जियोसँगको सहकार्यमा यो स्मार्टफोन भारतमा सार्वजनिक गरिएको हो।

भारतमा यो स्मार्टफोन हरियो र सेतो रङमा उपलब्ध छ। यो फोन ३/३२ र ४/६४ जीबी र्याम/इन्टर्नल स्टोरेजको भेरियन्टसहित उपलब्ध हुनेछ। भारतमा यसको मूल्य ३/३२ जीबी भेरियन्टको लागि ११ हजार भारु र ४/६४ जीबी भेरियन्टको लागि १२ हजार भारु तोकिएको छ।

 

यो स्मार्टफोनमा ६.८२ इन्चको डिस्प्ले रहेको छ। यसमा ६ हजार एमएएचको ब्याट्रि छ। यो स्मार्टफोनमा १३ मेगापिक्सलको ड्युल क्यामेराको प्रयोग गरिएको छ।

 

साताकाे चर्चित
सम्बन्धित