यो शताब्दीको अन्त्यसम्म पृथ्वीमा प्रलय आउने वैज्ञानिकको चेतावनी
यो शताब्दीको अन्त्यसम्म पृथ्वीमा प्रलय आउने वैज्ञानिकको चेतावनी
    • Bell Sanchar

    • १९ कार्तिक २०७८, शुक्रबार

काठमाडौं। यो शताब्दीको अन्त्यसम्म पृथ्वीमा भयानक विपत्तिहरु आउनेछन् । विश्वभरका वैज्ञानिकहरु यो कुरालाई लिएर चिन्तित छन् । विज्ञानको रिपोर्ट प्रकाशित गर्ने विश्वकै ठूलो म्यागजिन नेचरले हालै एक सर्वे गरेको थियो । सर्वे आइपीसीसी को क्लाइमेट रिपोर्ट बनाउने वैज्ञानिकहरुको थियो । यी वैज्ञानिकहरुले चेतावनी दिएका छन् कि जसरी ग्लोबल वार्मिङ बढिरहेको छ त्यो हिसाबले सन् २१०० सम्म पृथ्वीमा भयानक परिवर्तन हुनेछन् । यी परिवर्तन कुनै प्रलयभन्दा कम हुने छैन ।

आइपीसीसीको क्लाइमेट रिपोर्टलाई विश्वका २३४ वैज्ञानिकले मिलेर बनाएका हुन् । तीमध्येकी एक वैज्ञानिक तथा कोलम्बियाको मेडेलिनस्थित युनिभर्सिटी अफ इन्टिकोइयाकी शोधकर्ता पाओला एरियासका अनुसार जसरी पूरै पृथ्वी बदलिइरहेको छ, संसाधनको दोहन भइरहेको छ र पूदूषण र गर्मी बढिरहेको छ त्यो हिसाबले अब बाँच्न मुस्किल हुनेवाला छ । लगातार बदलिइरहेको वर्षाको प्याटर्नबाट पानीको अभाव पनि भइरहेको छ । भविष्यमा यो स्थिति अझै भयावह हुनेछ ।पाओलाले जुन हिसाबले ग्लोबल वार्मिङ बढिरहेको छ त्यही हिसाबले समुद्रको सतह पनि बढिरहेको चेतावनी दिइन् । उनले अन्तर्राष्ट्रिय नेताहरु यस विषयमा धेरै सक्रिय भएजस्तो आफूलाई नलागेको बताइन् । वैश्विक नेताहरुले सुस्त गतिमा काम गरिरहेको र यो गतिले पृथ्वीलाई बचाउन नसकिने उनले बताइन् । आइपीसीसीको क्लाइमेट रिपोर्टमा जे कुराहरु भनिएको छ त्यसको हिसाबले मानिसहरुसँग पृथ्वीलाई बचाउन धेरै समय बाँकी छैन ।कैयौं अन्य वैज्ञानिकहरुले पनि पाओलाको कुरामा सहमति जनाएका छन् । नेचर जर्नलले गत महिना यो क्लाइमेट रिपोर्ट बनाउने २३३ जना वैज्ञानिकलाई सर्वेमा सहभागी गराएको थियो ।

 

 

यीमध्ये ९२ जना वैज्ञानिकले जवाफ दिए अर्थात ४० प्रतिशत वैज्ञानिकले स्पष्ट रुपमा सन् २१०० सम्म पृथ्वीमा यति धेरै समस्या आउनेछन् कि कैयौं देश त्यसैमा विनाश हुने बताए । बेमौसमी वर्षा, अचानक बादल फुट्ने, सुनामी, तापमान धेरै हुने, बाढी खडेरी जस्ता समस्याबाट मानिस पीडित हुनेछ ।जवाफ दिएकामध्ये ६० प्रतिशत वैज्ञानिकले यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३ डिग्री सेल्सियस बढ्ने बताए । यो पेरिस सम्झौताले तय गरेको १.५ देखि २ डिग्री सेल्सियस तापमानभन्दा धेरै हो । ८८ प्रतिशत वैज्ञानिकहरुले ग्लोबल वार्मिङका कारण प्रलयजस्ता विपत्ति आउने बताए । यीमध्ये आधा वैज्ञानिकले क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङका कारण आफ्नो जीवनशैली नै बदले ।

साताकाे चर्चित
सम्बन्धित