बोटमै पाक्न थाल्यो केरा
बोटमै पाक्न थाल्यो केरा
    • Bell Sanchar

    • २४ बैशाख २०८१, सोमबार

चितवन

जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि यहाँका केरा व्यवसायी उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले व्यवसायीलाई केरा पकाउन अनुदानमा च्याम्बर निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ देखि इकाइले चेम्बर अनुदानमा निर्माण गर्न थालेको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गनाका अनुसार कार्यालयले ६० देखि ८० प्रतिशतसम्म अनुदानमा केरा व्यवसायीका लागि केरा पकाउने चेम्बर निर्माण गरेको छ ।

अहिलेसम्म १२ वटा चेम्बर निर्माण भइसकेको ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केरा पकाउन सजिलो होस् र लामो समयसम्म राख्न सकियोस् भनेर अनुदानमा चेम्बर निर्माण गरिएको हो ।”

कार्यालयले अनुदानमा चेम्बर निर्माण गरेसँगै व्यवसायीले व्यक्तिगत लगानीमा समेत अहिले चेम्बर बनाएर केरा पकाउन थालेका छन् । ढुङ्गानाका अनुसार पाँच जना व्यवसायीले आफ्नै लगानीमा चेम्बर निर्माण गरेका छन् । कार्यालयले निर्माण गरेको च्याम्बरमध्ये एउटा रत्ननगरको तरकारी बजारमा र ११ वटा महानगर ताजा तरकारी तथा फलफूल बजारमा राखिएको उहाँले जानकारी दिनुभयो ।

यी च्याम्बरमा व्यवसायीले १५० कोसा केराको रु ३५ मा पकाउने गरेका छन् । रु नौ लाख ५० हजारको लागतमा एउटा चेम्बर निर्माण हुने ढुङ्गानाले बताउनुभयो ।

खैरहनीका केरा व्यवसायी सागर भट्टराई चेम्बर निर्माण भएपछि केरा पकाउन औषधि राख्नु पर्ने बाध्यता टरेको बताउनुभयो । “केरा पकाउन पहिला क्याल्सियम कारवोहाइट हाल्थ्यौँ । अहिले चेम्बरका लागि आवश्यक पर्ने इथेलिन मात्रै प्रयोग हुने गरेको छ”, उहाँले भन्नुभयो, “पहिला केरा पकाएको तीन दिनभित्र बिक्री गरिसक्नुपर्ने हुन्थ्यो । अहिले एक सातासम्म बिक्री गर्न पाइन्छ ।”

च्याम्बरमा केरा पकाउँदा ‘जी नाइन’ केराको रङ समेत आकर्षक बन्ने गरेको व्यवसायी बाबुराम भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “केराको डाँठ कुहिने जस्ता समस्याबाट अहिले हामीले मुक्ति पाएका छौँ । चेम्बरबाट आवश्यकता अनुसार दुईदेखि सात दिन लगाएर पकाउन सकिन्छ ।”

जिल्लामा २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा केरा खेती गरिँदै आइएको छ । यहाँ वार्षिक ५६ हजार चार सय ४८ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ । यहाँको केराको बजार चितवनसहित

साताकाे चर्चित
सम्बन्धित