बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदाहरु
बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदाहरु

तपाइँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस्।

    • Bell Sanchar

    • २२ कार्तिक २०७८, सोमबार

काठमाण्डौँ 

दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ स्वास्थ्यका लागि। पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ।

पानीले शरीरका विकारजन्य पदार्थलाई बाहिर ल्याउन सहयोग गर्दछ। पानीविना जीवनको कल्पना गर्न पनि सकिँदैन। पानी जिवनका लागि अनिवार्य मात्र छैन, पर्याप्त पानी पिउनु सुस्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ। अझ मनतातो पानीको सेवन स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ। बिहान खाली पेटमा एक गिलास मनतातो पानी पिउनुका फाइदा यी हुन्ः

· दुषित पानी पिउनाले पेट सम्बन्धी विभिन्न रोग लाग्दछ। तर यदि पानीलाई उमालेर त्यसलाई सेलाउँदै मनतातो बनाएर पिउनाले झाडापखाला, आउँ जस्ता अनेक रोगबाट बँचिन्छ।

 

· यदि तपाइँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस्।

 

· दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ। पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ।

 

· बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाइन्छ। पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ।

 

· रुघाखोकी लागेको बेला पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ। तर धेरै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्दछ।

 

· यदि छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस्। चियाकफीको साटो ग्रीन टी पिउनुहोस्। यसले छाला चम्किलो बनाउने र शरीरको वजन कम गर्न पनि सहयोग गर्दछ।

 

· बिहान खाली पेटमा मनतातो पानीमा कागती निचोरेर पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ।

 

· यदि तपाइँलाई निकै थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी बसाल्नुस्। यसले तपाइँको दिनमा ताजगी भर्दछ। मांशपेशीलाई तन्दुरुस्त बनाउन यसले सहयोग गर्दछ। एजेन्सी

साताकाे चर्चित
सम्बन्धित