चौथौं पटक पनि जापानी फुगाकु विश्वकै छिटो सुपर कम्प्युटर
चौथौं पटक पनि जापानी फुगाकु विश्वकै छिटो सुपर कम्प्युटर
    • Bell Sanchar

    • ३० कार्तिक २०७८, मंगलवार

जापानी सुपर कम्प्युटर फुगाकु लगातार चौथो पटक पनि विश्वको सबैभन्दा छिटो सुपरकम्प्युटर बनेको छ । जापान सरकार समर्थित रिकेन रिसर्च इन्ष्टिच्यूट र फुजिशी लिमिटेडले संयुक्त रुपमा बनाएको सो कम्प्युटरले सन् २०२० को जुन देखिको चार पटकको वरियतामा शीर्ष स्थान हात पारेको हो ।यो वरियता हरेक वर्ष जुन र नोभेम्बरमा दुई पटक अद्यावधिक गरिन्छ । फुगाकुले रिकेनका अनुसार फुगाकुले प्रति सेकेन्ड करीब ४४२ क्वाड्रिलियन गणना गरेको छ । यो शीर्ष ५०० मा लगातार चौथो पटक पहिलो स्थानामा रहँदै आएको छ । यसमा औद्योगिक प्रयोग, कृत्रिम बौद्धिकता र ठूला स्तरका डेटा विश्लेषण गर्ने सुपर कम्प्युटरहरुलाई सूचिबद्ध गरिन्छ ।

फुगाकुलाई के सुपरकम्प्युटरको उत्तराधिकारीको रुपमा विकास गर्ने काम सन् २०१४ देखि शुरु भएको थियो । कम्प्युटरले यही वर्षको मार्चदेखि पूर्ण क्षमतामा सञ्चालन शुरु गरेको हो । यसलाई कोभिडको उपचार र कोरोना भाइरससँग सम्बन्धित थुक छिटाहरुको प्रसार स्टिमुलेट गर्ने जस्ता उद्देश्यमा प्रयोग गरिदैं आएको छ ।

यसलाई अचानक हुने मुसलधारे वर्षाको प्रक्षेपणमा पनि प्रयोग गरिदैं आएको छ । यो सूचिमा जापानको सरकार समर्थित समुद्र–पृथ्वि विज्ञान तथा प्रविधि एजेन्सी (जेम्स्टेक)को अर्थ सिमुलेटर सन् २००२ को जुनसम्म लगातार पाँच पटक शीर्ष स्थानमा रहेको थियो । यो सुपर कम्प्युटर भने सन् २०११ को जुन र नोभेम्बरमा विश्वकै छिटो सुपर कम्प्युटर बनेको थियो ।

साताकाे चर्चित
सम्बन्धित