स्वचालित बुलेट रेलको परीक्षण
स्वचालित बुलेट रेलको परीक्षण
    • Bell Sanchar

    • २ मंसिर २०७८, बिहीबार

इष्ट जापान रेल्वे कम्पनीले निगाता प्रिफेक्चरमा स्वचालित रुपमा चल्ने बुलेट रेलको परीक्षण शुरु गरेको छ । श्रमिकको चरम अभावबीच कम्पनीले भविष्यमा चालकबिहिन रेलहरु सञ्चालन गर्न खोजिरहेको छ । जापानमा पहिलो पटक हुन लागेको स्वचालित बुलेट रेलको परीक्षण सञ्चालन हेर्न बुधबार कम्पनीले सञ्चारकर्मीहरुलाई पनि बोलाएको थियो ।बुधबार बिहान १२ ओटा डब्बा भएको सो बुलेट रेल चालकले स्वचालित मोडमा राखेपछि बिना कुनै मानवीय हस्तक्षेत्रप चलेको थियो ।

ई७ – सिरिजका रेललाई टाढैबाट कन्ट्रोल सेन्टरबाट चलाइएको थियो । जापानमा व्यवसायिक सेवामा रहेको बुलेट रेल स्वचालित रुपमा चलाइएको यो पहिलो पटक हो । रेल चालकबिहिन रुपमा चलाउने कम्पनीको उद्देश्य छ । तर बुधबारको परीक्षणमा भने कुनै आकस्मिक अवस्था आइपर्दाका लागि भनेर रेलमा कयौं चालक र कर्मचारी सदस्यहरु पनि थिए ।रेल निगाता प्रिफेक्चरबाट प्रतिघन्टा ११५ किमिका दरले गुडेको थियो । करीब ५ किमि गुडेपछि यो निगाता शिन्कान्सेन डिपोमा आएर रोकियो । रेल लक्षित रोक्ने ठाउँभन्दा ८ सेमी पर गएर रोकिएको थियो । यो ५० सेमीको मार्जिन भित्र भएको बताइएको छ ।

स्वचालित रेल रोक्ने प्रविविध चालकले चलाउने रेलको जस्तै भएको भएपनि भविष्यमा यसलाई थप सुधारिने जेआर इष्टका एक कर्मचारीले बताए ।अक्टोबर २९ यता कम्पनीले प्रविधिक चेकजाँचको लागि स्वचालित शिन्कान्सेनको परीक्षण सञ्चालन गरिरहेको छ । कम्पनीले रेललाई आकिस्मक विराम ल्याउनेबारे पनि परीक्षण गरिरहेको छ । स्स्वचालित प्रणालीलाई कहिले पूर्ण रुपमा सञ्चालनमा ल्याउने भन्नेबारे चाँहि कम्पनीले निर्णय गरिसकेको छैन ।

साताकाे चर्चित
सम्बन्धित