शेयर बजारमा नेप्से परिसूचक ८० अंकले घट्यो
शेयर बजारमा नेप्से परिसूचक ८० अंकले घट्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक लागि ल्याएको मौद्रिक नीतिको समीक्षाको नकरात्मक असर शेयर बजारमा देखिएको छ ।

    • Bell Sanchar

    • १२ मंसिर २०७८, आईतवार

 काठमाडौं

साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक लागि ल्याएको मौद्रिक नीतिको समीक्षाको नकरात्मक असर शेयर बजारमा देखिएको छ ।

समीक्षा पछि आइतबार खुलेको बजार ८० दशमलव २९ अंकले घटेर २ हजार ६ सय ५१ दशमलव ४९ अंकमा झरेको छ ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव १९ अंकले घटेको छ । ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको शेयर कारोबार भएको छ ।मौद्रिक नीतिको समीक्षमा शेयर धितो कर्जामा राष्ट्र बैंक लचक हुने अपेक्षा शेयर लगानीकर्ताको थियो । तर राष्ट्र बैंकले समीक्षामा शेयर बजारको विषयमा केही बोलेन ।

साताकाे चर्चित
सम्बन्धित