विश्व काेराेना अपडेट : २६ कराेड ८७ लाखमा संक्रमण, ५३ लाख बढीकाे ज्यान गयाे
विश्व काेराेना अपडेट : २६ कराेड ८७ लाखमा संक्रमण, ५३ लाख बढीकाे ज्यान गयाे
    • Bell Sanchar

    • २४ मंसिर २०७८, शुक्रबार

विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको  छ ।

निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेकाे छ र निकाे हुनेकाे संख्या बढिरहेकाे छ । त्यस्तै, मृत्यु हुनेकाे संख्या पनि घट्दाे क्रममा रहेकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार १६ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २६ करोड ८७ लाख १ हजार ८८७ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २४ करोड १७ लाख ६ हजार १७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५३ लाख ३ हजार ८८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५४९ को ज्यान गएको छ । ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख २३ हजार ५५४ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ८ लाख ५ हजार ९ सय जना संक्रमित निको भइसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित