काेराेनाविरूद्धकाे दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने सरकारकाे तयारी
काेराेनाविरूद्धकाे दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने सरकारकाे तयारी
    • Bell Sanchar

    • २४ मंसिर २०७८, शुक्रबार

स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोना विरुद्धको खोपबाट नागरिक बञ्चित हुन नपर्ने बताउनुभएको छ ।  सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकाले दोस्रो पटकको खोप लगाउन पाउने उहाँले बताउनुभयो ।

पाल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी सरकारले गरेको बताउनुभयो ।

सरकारले सबै स्थानीय तहमा अस्पतालको व्यवस्थापन गर्न पाँचदेखि २० शय्याको अस्पताल निर्माणका निम्ति बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

सामान्य बिरामीहरु स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार गराउने व्यवस्था गर्न बजेटको सुनिश्चित गरिएको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले स्वास्थ्य बीमामा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।

सरकारले नागरिकको सुविधाका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई राहत हुनुपर्ने बताउनुभयो । मन्त्री खतिवडाले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन रहने बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित