विश्व इतिहासमा आजः सद्दाम हुसेन पक्राउदेखि भारतीय संसदमा हमला भएको त्यो दिन
विश्व इतिहासमा आजः सद्दाम हुसेन पक्राउदेखि भारतीय संसदमा हमला भएको त्यो दिन
    • Bell Sanchar

    • २७ मंसिर २०७८, सोमबार

आज १३ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सद्दाम हुसेन पक्राउद

 

सन् २००३ मा इराकका पाँचौ राष्ट्रपति तथा तानाशाह सद्दाम हुसनलाई टिक्रिटबाट नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिन गरिएको कारबाहीलाई अपरेसन रेड डान नाम दिइएको थियो । पक्राउपछि इराकको अन्तरिम सरकारलाई सुम्पिइएको थियो । उनलाई मानवताविरुद्धको अपराधामा मुद्दा चलाइएको थियो । उनलाई सन् २००६ को डिसेम्बरमा मृत्युदण्ड दिइएको थियो।

भारतीय संसदमा हमला

सन् २००१ को १३ डिसेम्बरमा भारतको तल्लो सदन लोकसभामा अतिवादीले हमला गरेका थिए । आक्रमणमा अतिवादीसहित ४५ जनाको मृत्यु भएको थियो ।

 

चन्द्रमामा अमेरिकी यानको अन्तिम कार्यक्रम

सन् १९७२ मा अमेरिकी अन्तरिक्ष यान एपोलो १७  चन्द्रमामा पुगेको थियो । एपोल १७ चन्द्रमामा अवतरण अन्तिम तथा छैटौं कार्यक्रम थियो ।

न्युजिल्यान्ड पुग्ने पहिलो युरोपेली

सन् १६४२ मा नेदरल्यान्ड्सका अन्बेषक तथा व्यापारी अबेल तासम्यान न्युजिल्यान्डको दक्षिणी टापुको तटमा पहिलो पटक पुगेका थिए । तासम्यान  अस्टे«ेलियाको टापु तासमेनियामा पाइला हाल्ने पहिलो व्यक्तिसमेत हुन् । तासमेनियाले नेदरल्यान्डका राजकुमारका लागि सो टापु दाबी गरेका थिए । यो टापु उनको नाममा राखिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित