महिलालाई घाँस खुवाएको विज्ञापन बनाएपछि दक्षिण कोरियाकाे डेरी उद्योगले माग्यो माफी
महिलालाई घाँस खुवाएको विज्ञापन बनाएपछि दक्षिण कोरियाकाे डेरी उद्योगले माग्यो माफी

एउटा विज्ञापनमा महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको एउटा डेरी उद्योगले माफी मागेको छ ।

    • Bell Sanchar

    • १ पुष २०७८, बिहीबार

सीउल

एउटा विज्ञापनमा महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको एउटा डेरी उद्योगले माफी मागेको छ । विज्ञापनबारे चौतर्फी आलोचनापछि सीउल मिल्कले माफी मागेको हो । ‘२९ नोभेम्बरमा  सार्वजनिक भएको एउटा दूधको विज्ञापनका कारण असहज महसुस गर्नुहुने सबैसँग हामी माफी माग्छौं,’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

सर्वत्र विरोधपछि कम्पनीले युट्युबबाट भिडिओको प्रोमो हटाएको थियो । तर, समाजिक सञ्जालका   प्रयोगकर्ताले फेरि सो भिडियो अपलोड गरेका थिए ।

के छ विज्ञापनमा ?
भिडियाे विज्ञापनमा एक पुरुषले चउरमा रहेका महिलाको एउटा समूहको गोप्य रूपमा भिडिओ खिचेको देखाइएको छ । केही समयपछि ती महिलाहरू गाईमा परिवर्तन हुन्छन् । ती महिलाहरु चउरमा बिरुवाको पातबाट चुहेको पानी पिउँदै गरेको र घाँसे मैदानमा चरेको जस्ताे देखिन्छन् ।

विज्ञापनमा देखाइएको पुरुषको व्यवहारलाई दक्षिण कोरियाको विद्यमान ‘मोल्का’  प्रवृत्तिसँग दाँजिएकाे छ । गैरकानुनी ढंगले अन्य व्यक्तिको लुकेर भिडिओ खिच्नुलाई दक्षिण कोरियामा मोल्का भनिन्छ । परम्परागत रुपमा यसलाई अनैतिक र असभ्य मानिन्छ । एजेन्सी

साताकाे चर्चित
सम्बन्धित