हरेक २५ मिनेटमा एक भारतीय गृहिणीले गर्छन् आत्महत्या
हरेक २५ मिनेटमा एक भारतीय गृहिणीले गर्छन् आत्महत्या

बलत्कार, घरेलु हिंसा, दमन र उत्पिडनका कारण महिलाहरुको आत्महत्या दर बढ्दो छ । भारतमा यो दर झनै बढ्दो छ ।

    • Bell Sanchar

    • १ पुष २०७८, बिहीबार

नयाँ दिल्ली
अहिले प्रायः सबै देशमा आत्महत्याले विकराल रुप लिएको छ । त्यसमा पनि महिला आत्महत्या बढ्दो छ । बलत्कार, घरेलु हिंसा, दमन र उत्पिडनका कारण महिलाहरुको आत्महत्या दर बढ्दो छ । भारतमा यो दर झनै बढ्दो छ ।

भारतमा गत वर्ष मात्र २२ हजार ३ सय ७२ गृहणीले आत्महत्या गरेको सरकारको राष्ट्रिय अपराध रेकर्ड व्युरो (एनसीआरबी) ले जनाएको छ ।

यसको अर्थ औषतमा हरेक दिन ६१ जना र प्रत्येक २५ मिनेटमा एक जनाले आत्महत्या गर्छन् । सन् २०२० मा रेकर्ड भएका १ लाख ५३ हजार ५२ आत्महत्यामध्ये १४ दशमलब ६ प्रतिशत गृहणी छन् । गत वर्ष मात्र अपवाद थिएन् ।

सन् १९९७ मा एनसीआरबीले तथ्यांक संकलन गरेदेखि नै हरेक वर्ष २० हजारभन्दा बढी महिलाले आत्महत्या गरेका छन् । सन् २००९ मा सो संख्या २५ हजार ९२ पुगेको थियो । पारिवारिक समस्या वा विवाहसँग सम्बन्धित झगडाले उनीहरुले आत्महत्या गरेको विभिन्न प्रतिवेदनले दर्शाउँदै आएका छन् । तर, के कारणले ती हजारौं महिलाले जीवन त्याग्छन् ?

मानसिक स्वास्थ्य विज्ञहरुका अनुसार आत्महत्याको मुख्य कारण घरेलु हिंसा हो । हालै गरिएको एक सर्वेक्षणमा ३० प्रतिशत महिलाले श्रीमानबाट हिंसा सामना गर्नु परेको बताएका छन् ।

महिलाका दैनिक घरमा गर्ने कडा श्रमले वैवाहिक जीवनलाई उकुसमुकुस बनाएको र त्यसले हिंसा जन्माएको सर्वेक्षणमा जनाइएको छ । ‘महिलाहरु वास्तवमै सहनशील हुन्छन्, तर सहनुको पनि सीमा हुन्छ,’ उत्तरी सहर बनारसकी मनोविद् डा. उषा वर्मा श्रीवास्तव बताउँछिन् ।

उनी अगाडि भन्छिन्, ‘१८ वर्ष पुग्ने वित्तिकै अधिकांश युवतीले विवाह गर्छन् । उनीहरु कसैको श्रीमती र वुहारी बन्छन् र आफ्नो सम्पूर्ण दिन खाना पकाउँदै र घरको सफा गर्दा बित्दछ । उनमा हरेक प्रकारका प्रतिबन्ध लगाइन्छ । उनको थोरै स्वतन्त्रता हुन्छ । उनलाई पैसामा सायदै पहुँच हुन्छ । ’

श्रीवास्तव भन्छिन्, ‘विवाहपछि महिलाकाे शिक्षा र सपनाको कुनै अर्थ रहन्न । उनका महत्वकांक्षा विस्तारै ओइलाउन थाल्छन् । निराशा र पीडाले उनको अनुहार ढाक्छ ।’

साताकाे चर्चित
सम्बन्धित