१७ लाख पाकिस्तानी बालबालिका पाँच बर्ष नपुग्दै कुपोषणका कारण मृत्यु
१७ लाख पाकिस्तानी बालबालिका पाँच बर्ष नपुग्दै कुपोषणका कारण मृत्यु
    • Bell Sanchar

    • २ पुष २०७८, शुक्रबार

कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच बर्षभन्दाअघि मृत्यु हुनेगरेको पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले बताएका छन ।

पाकिस्तानमा सूक्ष्म पोषक तत्वहरूको कमी व्याप्त छ र यसले बालबालिकाको रोग प्रतिरोध क्षमता, वृद्धि र मानसिक विकासमा गहिरो असर पार्ने गरेको प्रभात नामक पाकिस्तानी पत्रिकाले इमामलार्ई उद्धृत गरी उल्लेख गरेको छ ।

 

मन्त्री इमामले पाकिस्तानमा ५० लाखभन्दा बढी मानिसहरूले हाम्रो स्वास्थ्यको लागि महत्वपूर्ण सूक्ष्म पोषक तत्व जिंकको अपर्याप्तता हुने गरेको स्वीकार गरे ।

बुधबार ‘जिङ्क गहुँको प्रयोगमार्फत जिंकको कमीलाई सम्बोधन’ कार्यक्रममा उपस्थित मन्त्रीले इमामले भने, “‘हार्भेस्टप्लस’को सहयोगमा पाकिस्तानमा परम्परागत तीन किसिमका जैविक गहुँ बालीलाई लगाउन प्रोत्साहन गर्न बजारमा बिउ पठाइएको छ ।”

उहाँले प्रभात पत्रिकासँगको कुराकानीमा भने, “हाम्रो संयुक्त प्रयासमा यस वर्ष तीन लाख ६० हजार हेक्टरमा जैविकरूपमा सुदृढ गहुँका जातीहरू खेती गरिएका छन् ।”

बाली लगाउने समयमा चालु बालीसँगै १ लाख ६० हजार मेट्रिक टनभन्दा बढी जैविक रूपमा गहुँको दाना उत्पादन हुने अपेक्षा गरिएको फाखर इमामले बताए । कुपोषण र खानपानका कारण रुग्णता र मृत्युदर बढ्न गएको पानाहाका महासचिव सनौल्लाह घम्मनले बताए ।

साताकाे चर्चित
सम्बन्धित