पौष २ गते, विश्व इतिहासमा आजको दिन
पौष २ गते, विश्व इतिहासमा आजको दिन
    • Bell Sanchar

    • २ पुष २०७८, शुक्रबार

आज १७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सरकारको विरोधमा ट्युनिसियाका नागरिकको आत्मदाह

 

सन् २०१० मा देशको आर्थिक अवस्थाको बिरोध गर्दै ट्युनिसियाका सडक व्यापारी मोहमद बोउजिजिले आगो लगाएर आत्मदाह गरेका थिए । शरिरमा आगो लगाएको १८ दिनपछि २६ वर्षीय मोहमदको मृत्यु भएको थियो । उनको विरोध र मृत्यु ट्युनिसिया क्रान्तिका लागि एउटा उत्प्रेरक बनेको थियो । उनको मृत्युपछि अरब मुलुकमा त्यस्तै प्रकृतिका मृत्यु र विरोध प्रदर्शन भएका थिए ।

एनिमियटेड शृंखला दि सिम्पसनको प्रसारण सुरु

अमेरिकाको लोकप्रिय एनिमियटेड शृंखला दि सिम्पसनको आजकै दिनबाट टेलिभिजनमा प्रसारण सुरु भएको थियो । म्या ग्रोइनिङले निर्देशन गरेको सो शृंखलामा सिम्पसनको परिवारको जीवनबारे चित्रण गरिएको थियो ।

राइट ब्रोदर्सको जहाज पहिलो  उडान

अमेरिकीका दाजुभाई ओरभिल राइट र विलबर राइटले आविश्कार गरेको जहाजले आजकै दिन अर्थात सन् १९०३ को १७ डिसेम्बरमा पहिलो उडान भरेको थियो ।

अरब क्रन्तिको सुरु

सन् २०१० मा अरब देशहरुमा क्रान्ति सुरु भएको थियो । १६ डिसेम्बरमा ट्युनिसियाका एक व्यापारीले सरकारको विरोधमा आत्मदाह गरेपछि ट्युनिसियाको आन्दोलनरुपी आगोको झिल्को सम्पूर्ण अरब देशहरुमा फैलिएको थियो । ट्युनिसियाका तत्कालिन राष्टपति जिने इल अबिदिने बेन अलीले राजीनामा दिएसँगै फैलिएको अरब आन्दोलनले त्यस क्षेत्रका विभिन्न देशमा असर गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित