आगलागीमा मर्नेको संख्या २४ पुग्यो
आगलागीमा मर्नेको संख्या २४ पुग्यो
    • Bell Sanchar

    • २ पुष २०७८, शुक्रबार

पश्चिम जापानको ओसाका शहरमा शुक्रबार बिहान भएको आगलागीमा मर्नेको संख्या २४ पुगेको छ । ओसाका प्रिफेक्चरल प्रहरीले बताएअनुसार आगलागीमा परेर गम्भीर रुपमा घाइते भएका २८ जनामध्ये २४ जनाको मृत्यु भइसकेको छ ।

१९ जना शुरुमै मृत पाइएको थियो । ओसाकाको किता वडामा रहेको एक आठ तले भवनको चौथौं तलामा रहेको एक साइकियाट्रिक क्लिनिकमा बिहान १०ः२० बजेतिर आगलागी शुरु भएको थियो । चौथो तलाबाट उद्धार गरिएका १७ पुरुष र १० महिल निस्प्राण भेटिएका थिए ।

यिनीहरुको उमेर २० देखि ६९ वर्षबीच भएको बताइएको छ । एक जना महिलालाई भने भवनको छैठौं तलाबाट उद्धार गरिएको थियो । सन् २०१९ को मार्चमा सुरक्षा निगरानीका बेलामा सो भवनको अग्नी सुरक्षामा त्रुटी पूष्टि नभएको ओसाका विभागले बताएको छ ।आगजनी भएको हुन सक्ने आशंका गर्दै ओसाका प्रिफेक्चरल प्रहरी विभागले अनुसन्धान शुरु गरेको छ । ५० देखि ६९ वर्षबीचका एक पुरुषले बोकेर ल्याएको कागजको झोलाबाट आगलागी शुरु भएको अनुसन्धानमा खटिएका स्रोतहरुले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित