आज कहाँकहाँ वर्षा र हिमपातकाे सम्भावना ?
आज कहाँकहाँ वर्षा र हिमपातकाे सम्भावना ?
    • Bell Sanchar

    • ३ पुष २०७८, शनिबार

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबार पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

साताकाे चर्चित
सम्बन्धित