उपाधि होडमा रहेको चेल्सी बराबरीमा रोकियो
उपाधि होडमा रहेको चेल्सी बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति चेल्सी वेल्भेसँग गोलरहित बराबरीमा रोकिएको हो।

    • Bell Sanchar

    • ५ पुष २०७८, सोमबार

उपाधि होडमा रहेको चेल्सीले गएराति वेल्भेसँग बराबरी खेल्दै अंक बाँडेको छ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति चेल्सी वेल्भेसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा चेल्सीले ६३ प्रतिशत बल पोसेसनमा राखे पनि गोल गर्न नसक्दा बराबरीमा रोकिनु पर्‍यो।

उल्भ्सविरुद्ध चेल्सी आफ्नो प्रमुख खेलाडीबीना मैदान उत्रिएको थियो। उसका रोमेलु लुकाकु, टिमो वार्नर, कालुम हुडसन-ओडोइ, जर्जिन्हो र बेन चिलवेल मैदान उत्रिएका थिएनन्।

कोभिडका कारण चेल्सीले खेल रोकिदिन आग्रह गरेको थियो। तर उसको आग्रह आइतबार प्रिमियर लिगका लिग निर्देशकले अस्वीकार गरेका थिए।

बराबरीपछि चेल्सी १८ खेलबाट ११ जित ५ बराबरी र २ हारबाट ३८ अंक सहित तेस्रो स्थानमा कायम छ।

साताकाे चर्चित
सम्बन्धित