भ्यालेन्सियाको रोमाञ्चक जित
भ्यालेन्सियाको रोमाञ्चक जित

लिभान्तेको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई जिताउन गोन्कालो ग्वेडेस र कार्लोस सोलरले दुई दुई गोल गरे। लिभान्तेका जोस कम्पाना, रोगर मार्टी र इनिस बार्धीले गोल गरेका थिए।

    • Bell Sanchar

    • ६ पुष २०७८, मंगलवार

भ्यालेन्सियाले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा मध्यम टोली भ्यालेन्सियाले रेलिगेसनमा रहेको लिभान्तेलाई ४–३ गोलले हरायो।

लिभान्तेको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई जिताउन गोन्कालो ग्वेडेस र कार्लोस सोलरले दुई दुई गोल गरे। लिभान्तेका जोस कम्पाना, रोगर मार्टी र इनिस बार्धीले गोल गरेका थिए।

खेलमा सुरुवाती अग्रता लिभान्तेले लिएको थियो। २१औं मिनेटमा कम्पानाले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए। २४औं मिनेटमा रोगरले जोस लुईस मोरालेसको पासमा गोल गर्दै लिभान्तेको अग्रता दोब्बर बनाए। त्यसपछि जोसिएको भ्यालेन्सियाले ४४औं मिनेटमा पहिलो गोल फर्कायो।

ग्वेडेसले हुगो डुरोको पासमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे। ५०औं मिनेटमा कार्लोस सोलारले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७२औं मिनेटमा सोलारले ग्वेडेसको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए। ८५औं मिनेटमा ग्वेडेसले ब्यक्तिगत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई जिततर्फ अग्रसर गराए।

दोस्रो हाफको इन्जुरी समयमा लिभान्तेका बार्धीले रोवर्टो सोडाडोको पासमा गोल गरेपनि टोलीको हार टार्न सकेनन्। ५१ प्रतिशत बल पोसेसन राखेको लिभान्तेले १५ वटा पोस्ट् प्रहार गरेको थियो। १५ वटै पोस्ट प्रहार गरेको भ्यालेन्सियाले अन्ततः रोमाञ्चक जित निकाल्यो । भ्यालेन्सियाका कार्लोस सोलर ‘म्यान अफ दी म्याच’ भए।जितसँगै १८ खेलबाट २८ अंक बनाएको भ्यालेन्सिया सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट ८ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ। शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ४३ अंक छ। दोस्रो स्थानमा रहेको सेभियाको ३७ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ। सेभियाले एक खेल कम खेलेको छ।

साताकाे चर्चित
सम्बन्धित