यी हुन् अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकले चालेका कदम, वैदेशिक रोजगारमा रहेकालाई १ प्रतिशत थप व्याज
यी हुन् अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकले चालेका कदम, वैदेशिक रोजगारमा रहेकालाई १ प्रतिशत थप व्याज
    • Bell Sanchar

    • ८ पुष २०७८, बिहीबार

अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सुधारका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिएको छ ।

बुधबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा राष्ट्र बैंकले बजारमा तरलता अभाव हुन नदिन तथा शोधानान्तर घाटा कम गर्न विभिन्न मौद्रिक उपाय अपनाइएको जानकारी दिएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा। प्रकाशमान श्रेष्ठले तरलता अभाव हुन नदिन विभिन्न मौद्रिक उपकरणमार्फत बजारमा पैसा पठाइएको जानकारी दिनुभयो । यसैगरी शोधानान्तर घाटा कम गर्नका लागि आयात निरुत्साहित गर्ने कदम चालिएको उल्लेख गर्नुभयो ।

अर्थतन्त्र सुधार लागि राष्ट्र बैंकद्वारा चालिएका कदम निम्न छन् :

तरलता समस्याका लागि

चालु आर्थिक वर्षको पुष ५ गते सम्म स्थायी तरलता सुविधा मार्फत रू २५०० अर्ब, ओभरनाइट रिपो मार्फत रु६९ अर्ब, रिपो मार्फत रू २२० अर्ब र सोझै खरिद मार्फत रू २७ अर्ब प्रवाह भएको ।

कर्जा निक्षेप अनुपात २०७९ असारसम्म ९० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरिएको ।

पुनर्कर्जा सुविधा उपलब्ध गराइएको (चालु आव को हालसम्म रू ९२ अर्ब स्वीकृत)

नेपाल सरकारले स्थानीय तहको निक्षेपको ८० प्रतिशत बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरिएको ।

व्याजदर केही बढेकोले निक्षेप संकलनमा वृद्धि भई अनावश्यक कर्जाको मागमा केही कमी आउने ।

शोधनान्तर घाटाको सम्बन्धमा

-चाँदी आयात गर्नको लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकिएको ।

-केही वस्तुहरूको आयातमा शत प्रतिशत नगद मार्जिनको व्यवस्था ।

-वैदेशिक रोजगारमा रहेकाहरूलाई बैंकको खातामा १ प्रतिशत थप व्याज प्रदान ।

-गैर आवसिय नेपाली तथा यिनीहरूको संस्थाहरूले विदेशी मुद्रामा बचत तथा मुद्धती खाता खाल्न सक्ने व्यवस्था

-वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सटही गर्न पाउने नगद विदेशी मुद्रामा कटौति

-अवैध ढंगले आयात भैरहेको सुनलाई नियन्त्रण गरिएको ।

-विदेशी ऋण ल्याउन सहजता प्रदान गरिएको ।

-ननडेलिभरेवल डेरिभेटिफ फरवार्डको विदेशमा राख्न सक्ने सीमा घटाइएको ।

-अन्तर्राष्ट्रिय मुद्रा कोनसंग विस्तारित कर्जा सुविधा स्वीकृत हुन लागेको।

साताकाे चर्चित
सम्बन्धित