अफगानिस्तानमा मानवीय अवस्था गम्भीर छ
अफगानिस्तानमा मानवीय अवस्था गम्भीर छ
    • Bell Sanchar

    • ८ पुष २०७८, बिहीबार

अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानव अधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताउनु भएको छ । आर्थिक सहायताको प्रावधानमा समस्याहरु रहेका पनि उहाँ स्थानीय सञ्चार माध्यमलाई बताउनु भएको छ ।

अफगानिस्तानको अवस्था कसरी विकास हुनेछ भन्न गाह्रो भएको उहाँले बताउनु भएको छ । सबैले अफगानिस्तानमा नयाँ अधिकारीहरूको कार्यलाई हेरिरहेका तर उनीहरुले आफ्नो आधिकारिक अन्तर्राष्ट्रिय मान्यताअनुसार कार्य गर्न कुनै हतार नगरेका पनि उहाँले बताउनु भएको छ ।

त्यहाँको मानवीय अवस्था एकदमै गम्भीर रहेको र आर्थिक सहयोग व्यवस्थामा समस्या भएको लुक्यान्त्सेभलाई उद्धृत गर्दै स्पुतनिकले जनाएको छ । यसबाट आप्रवासी समस्या बढ्ने कुरा बिर्सिन नहुने पनि उहाँले चेतवनी दिनु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित