ज्याला बढाउन कम्पनीहरुलाई गरे प्रधानमन्त्री किशिदाले अनुरोध
ज्याला बढाउन कम्पनीहरुलाई गरे प्रधानमन्त्री किशिदाले अनुरोध

जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीवार  आगामी ‘शुन्टो’ तलब वार्तामा कर्मचारीका तलब बढाउन कम्पनी तथा व्यवसायहरुलाई अनुरोध गरेका छन् ।

    • Bell Sanchar

    • ९ पुष २०७८, शुक्रबार

जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीवार  आगामी ‘शुन्टो’ तलब वार्तामा कर्मचारीका तलब बढाउन कम्पनी तथा व्यवसायहरुलाई अनुरोध गरेका छन् । सम्पत्ति वितरणसम्बन्धी आफ्नो नीतिगत लक्ष्य हासिल गर्न खोजिरहेका किशिदाले जापान विजनेश फेडरेशन (केइदानरेन )को बैठकमा  बिहिबार यस्तो अनुरोध गरेका हुन् ।

‘तलब बढाएर सम्पत्ति वितरण गर्नु भनेको भविष्यमा लगानी गर्नु हो,’ बैठकमा किशिदाले भनेका छन् । किशिदाले तलब वृद्धिलाई सम्पत्ति वितरणको अचुक रामवाणका रुपमा हेरेका छन् । उनले वार्षिक आम्दानी कोरोना भाइरसको महामारी पूर्वको स्तरमा उक्लिएका कम्पनीहरुलाई कर्मचारीका तलब ३ प्रतिशतले बढाउन आग्रह गरिरहेका छन् ।

तर केइदान्रेनले भने समग्रमा तलब बढाउन वा सदस्य कम्पनीहरुलाई तलब वृद्धिको लक्ष्य तोकिदिने योजना बनाएको छैन । गैर–म्यानुफ्याक्चरिङ कम्पनीका तुलनामा म्यानुफयाक्चरिङ कम्पनीहरु कोरोना भाइरसको महामारीको प्रभावबाट छिटै उम्किएका छन् । यस्तोमा हरेक कम्पनीको अवस्थाअनुसार विचार गर्नु जरुरी भएको केइदान्रेनका प्रमुख मासाकाजु तोकुराले सो बैठकमा भनेका थिए ।

साताकाे चर्चित
सम्बन्धित