तपाईको यो साता (२०७८ पुस ११ देखि १७ गतेसम्मको साप्ताहिक राशिफल)
तपाईको यो साता (२०७८ पुस ११ देखि १७ गतेसम्मको साप्ताहिक राशिफल)
    • Bell Sanchar

    • ११ पुष २०७८, आईतवार

मेष–यो साता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधार पनि आउला, तर पुँजी बजारको लगानीमा ह्रास आउन सक्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृष–यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । नयाँ काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन–यो साता महत्त्वपूर्ण कामको योजना बन्ने र रोकिएका कामको पुनस् थालनी हुनेछ । शैक्षिक क्षेत्रमा सफलताको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मध्य सातामा मनमा छटपटी बढ्नाले दुबिधा रहला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कर्कट–यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल यात्रा हुनेछन् । कलकारखाना र बन्दव्यापार पुनस् सुचारु हुनेछन् । शेयर बजारले साथ दिनेछ । गरेको कार्यमा सफलता पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग ध्वाँसे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह–यो हप्ता नयाँ र शुभ समाचार सुन्न पाइनेछ । लामो समयदेखि रोकिएका धन हात पर्न सक्छ । प्राविधिक कार्यमा प्रगति हुनेछ । राजनैतिक क्षेत्र र समाजमा कीर्ति वृद्धिका योग पनि देखिन्छन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या–यो सातामा मालसामान हराउन सक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । शत्रुपक्ष पनि हावी हुन सक्नेछन् । साताको मध्यबाट भने एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । लगानी गरेको ठाउँबाट राम्रै प्रतिफल पाइएला । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग कालो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक–यो साता नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । समाजसेवामा मन लाग्नेछ र राज्यबाट सहयोग मिल्ने देखिन्छ । साताको उत्तरार्धबाट पढाई लेखाइमा बाधा आउनसक्छ । व्यापार व्यवसायमा नोक्सानी पनि होला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग कलेजी वा सेतो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला–यो साता सफल यात्राको योग छ र मनमा शान्ति मिल्नेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु–यो साता बन्धुबान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर–यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । नयाँ स्थानको भ्रमणको योग समेत रहेको छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा बढी राम्रो हुन्छ ।

कुम्भ–यो साता नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक क्षेत्रको कामहरू अघि बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । नयाँ र शुभ कार्यको योजना वा चर्चा पनि छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिन–यो साता शुभकार्यको चर्चा चल्नेछ । सरुवा र बढुवाको योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । व्यवसायका लागि नयाँ व्यक्तिसँग सहकार्यको सम्भावना छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवतीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

साताकाे चर्चित
सम्बन्धित