फ्रान्समा दैनिक कोभिड संक्रमित एक लाख बढी, बुस्टर डोज अनिवार्य
फ्रान्समा दैनिक कोभिड संक्रमित एक लाख बढी, बुस्टर डोज अनिवार्य
    • Bell Sanchar

    • १२ पुष २०७८, सोमबार

एजेन्सी । फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै संख्यामा कोभिड संक्रमित देखिएका छन् ।

पछिल्लो २४ घन्टामा एक लाख चार हजार ६११ संक्रमित भेटिएका छन् । यो फ्रान्समा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो ।

अधिकारीहरुका अनुसार तीन हजार २८२ जनाको आइसीयूमा उपचार भइरहेको छ । ओमिक्रन भेरियन्ट बढेसँगै संक्रमितको संख्या पनि तीब्र वढिरहेको छ । कोभिड नियन्त्रणका लागि सरकारले खोप पासको अवधारणा ल्याउन खोजेको छ । फ्रान्समा अहिलेसम्म ७६ दशमलब ५ प्रतिशतले कोभिड खोप लगाएका छन् ।

बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र खोप पास दिइने तयारी भएको सरकारले जनाएको छ । क्याफे, रेस्टुरेन्ट र सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि खोप पास अनिवार्य पारिन लागिएको अधिकारीहरुले बताएका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय यात्रामा पनि पास अनिवार्य गरिने भएको छ ।

फ्रान्समा कोभिडका कारण एक लाख २२ हजार ५४६ जनाको मृत्यु भइसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित