काठबाट बनेको स्याटलाइट लञ्च गर्दै जापान
काठबाट बनेको स्याटलाइट लञ्च गर्दै जापान
    • Bell Sanchar

    • २२ पुष २०७८, बिहीबार

जापानले आगामी वर्ष काठबाट बनेको स्याटलाइट लञ्च गर्ने भएको छ । क्योटो विश्वविद्यालय र सुमितोमो फरेष्ट्री कम्पनीले वातावरण अनुकुल स्याटलाइट बनाउने क्रममा काठबाट बनेको स्याटलाइटको विकास गरिरहेका छन् । आगामी वर्षको अप्रिलमा शुरु हुने आर्थिक वर्ष २०२३ मा लञ्च गर्ने लक्ष्य सहित सो स्याटलाइटको निर्माण कार्य भइरहेको छ । स्याटलाइट घनाकार हुनेछ ।

यो काठबाट बनेको विश्वको पहिलो स्याटलाइट हुने बताइएको छ ।बाह्य वातावरणमा काठको स्याटलाइट कसरी क्षय हुँदै जान्छ भन्ने कुरा जाँच्न यही वर्षको मार्चको अन्त्यदेखि अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा परिक्षण शुरु गरिनेछ । काठका सामानहरुले विद्युत चुम्बकीय तरंगहरू नरोक्ने भएकोले यसमा एन्टेना वा अन्य सञ्चार उपकरणहरु राख्नु पर्दैन ।

काठ पूरै जल्ने भएकोले धातुबाट बनेको स्याटलाइट जस्तो यो स्याटलाइट वायुमन्डलमा पुनः प्रवेश गर्दाखेरि हानिकारक तत्वहरु खस्ने सम्भावना कम हुन्छन् । यो स्याटलाइट १० सेमि अग्लो र चौडा अनि ११ दशमलव ३ सेमी लामो हुनेछ । यसको तौल करीब १ दशमलव १ केजीको हुने बताइएको छ । यसलाई पृथ्वीको तल्लो अक्षमा करीब ४ सय किमि उचाईमा राखिने छ ।

साताकाे चर्चित
सम्बन्धित