अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप तैनाथ, आकाशगङ्गाको उत्पत्तिका बारेमा अध्ययन गरिने
अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप तैनाथ, आकाशगङ्गाको उत्पत्तिका बारेमा अध्ययन गरिने
    • Bell Sanchar

    • २७ पुष २०७८, मंगलवार

जेम्स वेब टेलिस्कोपले दुई हप्ता लामो तैनाथ गर्ने चरण पूरा गर्दै यसको विशाल, सुनौलो रंग र फूल आकारको ऐनालाई उजागर गरेको छ । वैज्ञानिकहरूले यस टेलिस्कोपको मद्दतले ब्रह्माण्डको इतिहासलाई अध्ययन गर्ने तयारी गरेका छन् ।

 

 

टेलिस्कोपमा ६।४ मिटरको ऐनाको अन्तिम भाग तैनाथ भएको जानकारी नासाले दिएसँगै मेरिल्याण्डको बाल्टिमोरमा रहेको स्पेस टेलिस्कोप साइन्स इन्सिटिच्युटका इन्जिनियरहरूले खुसीयाली मनाएका थिए । ‘म निकै भावुक भइरहेको छ, यो अद्भुत कोशेढुंगा हो,’ नासाका वरिष्ठ इन्जिनियर थोमस जुरबुचेनले भने ।

 

१० अर्ब डलरमा तयार गरिएको वेब टेलिस्कोप हबल स्पेस टेलिस्कोपभन्दा पनि शक्तिशाली रहेको छ । यसले १३।७ अर्ब वर्ष पहिले बनेका पहिलो तारा र आकाशगङ्गाहरूको बारेमा अध्ययन गर्न त्यतिबेला उत्सर्जित प्रकाशको स्क्यानिङ गर्नेछ । यसलाई हासिल गर्न नासाले वेबमा ठुलो र संवेदनशील ऐना राखिएको छ । यसलाई वैज्ञानिकहरूले यसको नाम ‘गोल्डन आई ९सुनौलो आँखा०’ राखेका छन् ।

ऐनालाई रकेटमा अटाउन नसकिने हुँदा यसलाई फोल्ड गरेर अन्तरिक्षमा पुर्‍याइएको थियो । अन्तरिक्षमा पुगेपछि त्यसलाई पुनः खोलिएको थियो । नासाले यो प्रक्रिया निकै जटिल र अहिलेसम्मकै चुनौतीपूर्ण काम भएको बताएको छ ।

साताकाे चर्चित
सम्बन्धित