रुसले बनायो सबैभन्दा गह्रुँगो सुपरसोनिक लडाकु विमान
रुसले बनायो सबैभन्दा गह्रुँगो सुपरसोनिक लडाकु विमान
    • Bell Sanchar

    • ४ माघ २०७८, मंगलवार

रुसको टुपोलेव पब्लिक जोइन्ट स्टक कम्पनीको टीयूू–१६०एम बम्बर सुपरसोनिक लडाकू विमानले पहिलो पटक उडान भरेको छ । यो संसारको सबैभन्दा गह्रुँगो सुपरसोनिक विमान हो । यो मिसाइल हमला गर्न पनि सक्षम छ । रुसी सेनाको पाइलटले यसको उपनाम ‘ह्वाइट स्वान’ अर्थात् सेतो हाँस राखिएको छ ।

 

३० मिनेटसम्म भ-यो उडान

रुसी संचार माध्यम रोसटेकले एक प्रेस वक्तव्य जारी गर्दै भनेको छ, ‘जनवरी १२ मा पहिलो पटक विकसित गरिएको टुपोलेभ टीयू–१६० एम स्ट्र्याटेजिक मिसाइल क्यापाबिलिटीले टुपोलेभ सब्सिडियरी कजान एभियसन इन्टरप्राइजबाट उडान भरेको छ ।’

लडाकुु विमानले ६०० मीटरको उचाइमा ३० मिनेटसम्मको उडान भरेको थियो । यसमा जडित उपकरण ८० प्रतिशतसम्म आधुनिक र अपग्रेडेड छ । यो परमाणु र अन्य पारम्परिक हतियार भन्दा पनि टाढाको क्षेत्र सम्म हमला गर्न सक्षम रहेको बताइएको छ ।

 

सुपरसोनिक बम्बर रुसको शक्ति

यो विमान यस्तो समयमा आएको हो जब अमेरिका सीमाबाट सैनिकलाई पछि हट्नका लागि दबाब दिइरहेको छ । रुसले युक्रेनको सीमामा आफ्नो सैनिक तैनाथ गरिरहेको छ । टीयूू–१६० एमलाई अमेरिकी नेतृत्वको सैन्य गठबन्धन ब्ल्लायक ज्याक भनिन्छ । मिसाइल क्षमताबाट सुु–सज्जित सुपरसोनिक बम्बर टीयू–१६०एम र टीयू९५एमएसलाई रुसी वायुसेनाको ठूलो शक्ति मानिँदै आएको छ ।

अमेरिका र रुसबीच युक्रेनको विषयलाई लिएर तनाव चलिरहेको छ । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आशंका व्यक्त गर्दै आएको छ । यद्यपि रुसले भने हमला गर्ने कुनै इच्छा नभएको बताइसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित