चाँगुनारायण जङ्गल क्षेत्रमा चरा गणना सुरु
चाँगुनारायण जङ्गल क्षेत्रमा चरा गणना सुरु
    • Bell Sanchar

    • ७ माघ २०७८, शुक्रबार

काठमाडौं। धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नं ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो ।

त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नाकोत्तर तह र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं पक्षी संरक्षण सङ्घका प्रतिनिधि सहभागी रहेको टोलीले चरा गणना सुरु गरेका हुन् । गोसाइँका अनुसार चाँगुनारायणको यस क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् ।

थप प्रजातिका चराको पनि गणनाको क्रममा अध्ययन हुने छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए।

साताकाे चर्चित
सम्बन्धित