मोडल किम कार्दाशियनजस्तै देखिने ढुङ्गोलाई एक व्यक्तिले २ करोड रुपैयाँमा बेचिदिए
मोडल किम कार्दाशियनजस्तै देखिने ढुङ्गोलाई एक व्यक्तिले २ करोड रुपैयाँमा बेचिदिए
    • Bell Sanchar

    • ८ माघ २०७८, शनिबार

ढुङ्गा पनि अत्यन्तै बहुमूल्य हुन्छन् । यो सुन्दा तपाइँलाई आश्चर्य लाग्न सक्छ तर यो सत्य हो । एउटा पुरानो ढुङगो जसको आकार अमेरिकी अभिनेत्री तथा सामाजिक अभियन्ता किम कार्दाशियनको शरीरसँग मिल्दोजुल्दो थियो त्यसलाई एक व्यक्तिले लिलामीमा झण्डै २ करोड रुपैयाँमा बेचिदिएका छन् ।

द सनमा प्रकाशित एक रिपोर्टअनुसार यो ढुङगो करिब २५ हजार वर्ष पुरानो हो । विशेषज्ञहरुका अनुसार यो ढुङको प्रागैतिहासिक कालको हो र फर्टिलिटी (प्रजनन) को प्रतीक हो । यो किम कार्दाशियनको शरीरजस्तै देखिन्छ । यो ढुङगोलाई करिब ६० वर्षसम्म आफ्नो साथमा राखेपछि सोमबार एक बेलायती परिवारले यसलाई १ लाख १४ हजार पाउण्ड (१ करोड ८५ लाख रुपैयाँ) मा लण्डर मेफेयरमा बेचिदिए ।

टाइमलाइन अक्सनका क्रिस व्रेनले भने ‘हामीलाई १९६० भन्दा पहिले यो ढुङगोबारे केही थाहा थिएन । यसलाई हाम्रो वेन्डरको परिवारले अधिग्रहण गरेका थिए । उनीहरुले यसलाई आफ्नो घरको डिस्प्ले क्याबिनेटमा सजाएर राखेका थिए । किनकि उनीहरुलाई थाहा थियो यो दुर्लभ हो । तर हाम्रा वेन्डर यति धेरै मूल्य पाएपछि खुसी छन् ।’

विशेषज्ञका अनुसार यसको भिनस टाइप फिगर छ । जो हेर्दा निकै कामुक देखिन्छ । फ्यानहरुले पनि यो ढुङगो बिल्कुलै किम कार्दाशियन जस्तै भएको बताएका छन् । सनको रिपोर्टअनुसार यस्ता करिब २ सयवटा ढुङगा उत्तरी युरोपमा भेटिएका छन् जो कैयौं संग्रहालयमा छन् ।

साताकाे चर्चित
सम्बन्धित