हल खुलेलगत्तै रिलिज हुनेछन् यी तीन फिल्म : ‘चपली हाइट ३’ रि-रिलिजदेखि हलिउड सुपरहिरोसम्म
हल खुलेलगत्तै रिलिज हुनेछन् यी तीन फिल्म : ‘चपली हाइट ३’ रि-रिलिजदेखि हलिउड सुपरहिरोसम्म
    • Bell Sanchar

    • १४ माघ २०७८, शुक्रबार

कोरोनाभाइरसको तेस्रो लहर रोकथाम गर्न सरकारले प्रतिबन्धात्मक आदेश लागू गरेपछि अहिले फिल्म हलसहित मनोरञ्जन गतिविधि ठप्प छन् ।

रिलिजको दुई दिनमै सरकारले हल बन्द गर्ने निर्णय गरेपछि यसको सबैभन्दा ठूलो मार ‘चपली हाइट ३’लाई परेको छ । तर, निर्माताले चाहिँ हल खुलेलगत्तै रिलिज गरिने जनाएका छन् ।

निर्माता अर्जुनकुमारका अनुसार हल खुलेलगत्तै चपली हाइटको तेस्रो श्रृंखला पुनः रिलिज हुनेछ ।

हल खुले लगत्तै रिलिज हुने तयारीमा रहेको अर्को फिल्म हो हलिउडको किङ्स म्यान । एप्पल इन्टरटेनमेन्टले लगत्तै रिलिज गर्ने पुष्टि गरेको छ । हल खुले लगत्तै आउने अर्को फिल्म हो ‘द ब्याटम्यान’ ।

चपली हाइट पुनः रिलिज हुने भएपनि त्यसपछि रिलिज हुने अन्य फिल्मबारे भने निश्चित छैन । यद्यपी, चैतदेखिका फिल्मले भने निर्धारित मितिमै रिलिज गर्ने बताइरहेका छन् । स्वास्थ्य मन्त्रालयले माघ अन्त्यदेखि भाइरस संक्रमणदर घट्दै जाने प्रक्षेपण गरेकाले फागुनदेखि फिल्म हलहरु खुल्ने अपेक्षा गरिएको छ । तर, यो सबै कुरा संक्रमण दरमा निर्भर हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित