मिस नेपाल र मिस नेपाल नर्थ अमेरिकाबीच सम्झौता : उत्तर अमेरिकी विजेताले सीधै मिस नेपालमा भाग लिन पाउने
मिस नेपाल र मिस नेपाल नर्थ अमेरिकाबीच सम्झौता : उत्तर अमेरिकी विजेताले सीधै मिस नेपालमा भाग लिन पाउने
    • Bell Sanchar

    • १५ माघ २०७८, शनिबार

मिस नेपाल नर्थ अमेरिकाको विजेताले अब सीधै मिस नेपाल प्रतिस्पर्धामा भाग लिन पाउने भएका छन् । मिस नेपाल आयोजक द हिडन ट्रेजर र मिस नेपाल नर्थ अमेरिकाबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर भएको उक्त एमओयू अनुसार अब मापदण्ड गरेर मिस नेपाल नर्थ अमेरिकाको प्रतिस्पर्धीले मिस नेपालमा भाग लिन पाउने बाटो खुलेको छ । हिडन ट्रेजर निर्देशक दीवाकर राजकर्णिकार र मिस नेपाल नर्थ अमेरिकाका प्रमुख शैलेश श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

हिडन ट्रेजर निर्देशकलाई मिस नेपाल नर्थ अमेरिकाको निर्णायक बनाउने र मिस नेपाललाई अतिथि बनाउने सहमति पनि भएको छ । मिस नेपालको सामाजिक परियोजनालाई नर्थ अमेरिकाले दाता खोज्ने सम्झौता पनि भएको छ ।

हिडन ट्रेजरको प्रतिनिधि उत्तर अमेरिकामा जाँदा सघाउने, मिस नेपाललाई सद्भावना दूत बनाउने लगायतका सम्झौता पनि भएको द हिडन ट्रेजरले जनाएको छ । पहिलोपटक डायस्पोराको नेपाली ब्यूटी पेजेन्ट र मिस नेपालबीच यस्तो सम्झौतामा हस्ताक्षर भएको हो ।

यसपटकको विश्व सुन्दरी प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा हुँदैछ । फिनालीमा भाग लिन मिस नेपाल नम्रता श्रेष्ठ मार्च १२ तारिखमा कार्यक्रम स्थल पुग्नुपर्ने भएको छ । नम्रतालाई त्यहाँ रहँदा मिस नेपाल नर्थ अमेरिकाले नै सघाउने भएको छ ।

साताकाे चर्चित
सम्बन्धित