जुम्लामा एक दशकमा १० हजार जनसंख्या वृद्धि
जुम्लामा एक दशकमा १० हजार जनसंख्या वृद्धि

राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ ।

    • Bell Sanchar

    • १५ माघ २०७८, शनिबार

जुम्ला

राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनससंख्या वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । विसं २०६८ मा जुम्लाको जनसंख्या एक लाख आठ हजार ९२१ रहेको थियो । जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ । सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको छ ।

चन्दननाथ नगरपालिकाको जनसंख्या २० हजार ९७३ रहेको छ । त्यहाँ पुरुष १० हजार ४७५ र महिला १० हजार ४९८ रहेका छन् । नगरपालिकाभित्र पाँच हजार ३६७ परिवार संख्या छ । यस्तै गुठीचौर गाउँपालिकाको जनसङ्ख्या १० हजार ८९१ रहेको छ । त्यहाँ पुरुष पाँच हजार ३४४ र महिला पाँच हजार ५४७ छन् । गुठीचौरको परिवार संख्या दुई हजार ४५१ रहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ ।

यस्तै हिमा गाउँपालिकाको जनसंख्या १२ हजार ८०४ छ । पुरुष ६ हजार ३८८ र महिला ६ हजार ४१६ छन् । त्यहाँको परिवार संख्या दुई हजार १०४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसङ्ख्या १३ हजार ६८७ छ । पुरुष ६ हजार ८०७ र महिला ६ हजार ८८० छन् ।

पातारासी गाउँपालिकाको जनसंख्या १६ हजार ८८१ छ । पुरुष आठ हजार ३४९ र महिला आठ हजार ५३२ छन् । पातारासीको परिवार संख्या तीन हजार ३७४ रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ । सिञ्जा गाउँपालिकाको जनसंख्या १२ हजार ७५५ छ । पुरुष ६ हजार ५६१ र महिला ६ हजार १८३ छन् । सिञ्जामा परिवार संख्या दुई हजार ४२७ रहेको छ ।

यस्तै तातोपानी गाउँपालिकाको जनसङ्ख्या १५ हजार ७२१ रहेको छ । पुरुष सात हजार ७२८ र महिला सात हजार ९९३ छन् । परिवार संख्या तीन हजार ३२१ रहेको छ । तिला गाउँपालिकाको जनसङ्ख्या १४ हजार ६९२ छ । पुरुष सात हजार २६१ र महिला सात हजार ४३१ छन् । परिवार संख्या दुई हजार ६६६ रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित