अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

यसअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए।

    • Bell Sanchar

    • २५ फाल्गुन २०७८, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। राजदूत यान्छी प्रचण्ड भेट्न बुधबार बिहान खुमलटार पुगेकी थिइन्।

प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको खुमलटार स्रोतले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले वाङको भ्रमणको तयारी भइरहेको छ। ‘दुबैतिर तयारी भइरहेको छ। मिति तोक्न बाँकी छ। छिट्टै हुने सम्भावना छ,’ परराष्ट्र स्रोतले भन्यो।

यसअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए।

उनले कसको भ्रमण हुन लागेको हो भन्नेबारे जानकारी दिएका थिएनन्। पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न बेलामा चीनले सार्वजनिक रूपमै टिप्पणी गरेको थियो।

एमसिसीमा अमेरिकाले धम्कीपूर्ण कूटनीति सुरू गरेको र यो सहयोग हो कि पान्डोराज बक्स भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरूको टिप्पणीले काठमाडौंको कूटनीतिक वृत्तमा चर्चा पाएको थियो।

एमसिसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयले अहिले वाङको भ्रमणमा क्रममा हस्ताक्षर हुने एजेन्डाहरूमा तयारी गरिरहेको छ।

वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए। गत वर्ष मंसिरमा चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौं आएका थिए।

साताकाे चर्चित
सम्बन्धित