युक्रेनको २७ सय बढी सैन्य संरचना र ९० प्रतिशत हवाई युद्ध क्षमता ध्वस्त पारेको रुसको दाबी
युक्रेनको २७ सय बढी सैन्य संरचना र ९० प्रतिशत हवाई युद्ध क्षमता ध्वस्त पारेको रुसको दाबी
    • Bell Sanchar

    • २६ फाल्गुन २०७८, बिहीबार

रुसी रक्षा मन्त्रालयले सैन्य अप्रेशन शुरु भएको १४ दिनमा युक्रेनको ९० प्रतिशत हवाई अड्डा र सुरक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै रुसी रक्षा मन्त्रालयका प्रवक्ता कोनासेनकोभले ९० प्रतिशत हवाई अखडाका साथै एयर डिफेन्स सिस्टम, ड्रोन, हेलिकप्टर, विमान ध्वस्त भएको दाबी गरे । युद्ध शुरु हुनु अघि करीब २ सय सर्भिस एयरक्राफ्टट रहेकामा ८९ वटा विमान र ५७ वटा हेलिकप्टर रुसी वायुसेनाले ध्वस्त बनाईदिएको दाी उनले गरे । बचेको केही विमान युद्धमा भन्दा पनि रोमानियातर्फ उडेको राडारमा देखिएको उनले बताए । साथै युक्रेनको वायुसेनासँग अब ए र बि श्रेणीका चालक दल समेत नभएको रुसको दाबी छ ।

अब बचेको अखडाबाट युक्रेनको वायुसेनाले प्रतिरोध गर्न नसक्ने र ग्राउण्डमा मात्रै केही प्रतिरोध क्षमता बचेको दाबी रुसको छ ।
१४ दिनमा युक्रेनको २७८६ सैन्य संरचना नष्ट गरेको र ९५३ टैंक ध्वस्त बनाएको पनि रुसको दाबी छ ।

रुसले शुरुको हप्ता ४९८ जना रुसी सेनाको मृत्यु भएको उल्लेख गरेपनि बाँकी आफ्नो क्षतिको विवरण खुलाएको छैन ।
युक्रेनले भने रुसको १२ हजार सेना मारेको, हजारौँ टैंक ध्वस्त पारेको र संँयौ विमान र हेलिकप्टर नष्ट पारेको दाबी गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित