युक्रेनको तीस वटा ल्याबमा अमेरीकाले खतरनाक जैबिक हतियार बनाउदै थियो
युक्रेनको तीस वटा ल्याबमा अमेरीकाले खतरनाक जैबिक हतियार बनाउदै थियो
    • Bell Sanchar

    • २६ फाल्गुन २०७८, बिहीबार

युक्रेनमा रुसले हमला गरको करीब दुई सातामा रुसी सेनाले अमेरीकी लगानीमा ३० वटा ल्याबमा खतरनाक जैबिक हतियारको परीक्षण भईरहेको पत्ता लगाएको दाबी गरेको छ ।

केही डकुमेन्टहरु रुसी मिडियाहरुले सार्वजनिक गरेका छन् । जस अनुसार केही ल्याबलाई रुसी सेनाले नियन्त्रणमा लिएर डिस्पोज गरेको छ ।

विश्वमा सबै भन्दा धेरै जैबिक हतियार बनाउनेमा अमेरीकाको नाम अग्रपक्तिमा आउछ । यो सार्वजनिक भएपछि चीनले पनि अमेरीकालाई कडा प्रश्न उठाएको छ ।

यस अघि अमेरीकाले कोरोना भाईरस चीनको ल्याबमा बनाईएको जैबिक हतियार भएको आरोप लगाएको थियो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा फेला परेका अमेरीकी जैबिक हतियारका प्रयोगशालाहरु विश्वकै लागि खतरा भएको बताएका छन् ।

यस बारेमा रुसी विषेशज्ञहरुले थप अनुसन्धान गरीरहेको र सत्य तथ्य बाहिर ल्याउने बताए ।
अमेरीकाले युक्रेनमा जैबिक प्रयोगशाला भएको स्वीकारेको छ तर जैविक हतियार नबनाएको वा बनाउने उदेश्य नभएको जिकिर गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित