दक्षिण कोरियामा चुनिए नयाँ राष्ट्रपति
दक्षिण कोरियामा चुनिए नयाँ राष्ट्रपति

योनहाप न्युज एजेन्सीका अनुसार यओलले ४८.५६ प्रतिशत मत ल्याए भने म्योङ्गले ४७.८३ प्रतिशत मत ल्याए।

    • Bell Sanchar

    • २६ फाल्गुन २०७८, बिहीबार

दक्षिण कोरियामा बिहीबार नयाँ राष्ट्रपति चुनिएका छन्।

बुधबार भएको राष्ट्रपतीय चुनावको अन्तिम मतपरिणामअनुसार सत्तारूढ दल डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जाइ म्योङ्गलाई झिनो मतान्तरले हराएर पिपल पावर पार्टीका युन सुक यओल निर्वाचित भएका हुन्।

योनहाप न्युज एजेन्सीका अनुसार यओलले ४८.५६ प्रतिशत मत ल्याए भने म्योङ्गले ४७.८३ प्रतिशत मत ल्याए।

६१ वर्षीय यओलको पार्टीले कन्जरभेटिभ विचारधारामा विश्वास गर्छ। कानुनी पृष्ठभूमिका यओल दक्षिण कोरियाका पूर्वमहान्यायाधीवक्ता हुन्।

उनले राष्ट्रिय एकतालाई आफूले प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। वर्तमान राष्ट्रपति मुन जाइ इनको कार्यकाल आगामी मेमा सकिएपछि यओलले कार्यभार सम्हाल्नेछन्।

मुनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग संवादलाई बढाएका थिए।

पछिल्लो समय क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिइरहेको उत्तरसँग आफूले राष्ट्रपति मुनको भन्दा फरक नीति लिने यओलले बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित