सांसद साहमाथि भएको आक्रमणबारे छानबिन हुन्छ : गृहमन्त्री खाण
सांसद साहमाथि भएको आक्रमणबारे छानबिन हुन्छ : गृहमन्त्री खाण

पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ।

    • Bell Sanchar

    • १२ चैत्र २०७८, शनिबार

गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरपुर नगरपालिका-६ पुरानो नगरपालिका चोकमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद शाहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने बताएका छन्।

शनिबार बिहान भएको आक्रमणमा घाइते साहलाई मेडिसीटी अस्पतालमा पुगेर भेट्दै गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गरिने बताएका हुन्।

‘माननीय प्रमोद साहमाथि भएको आक्रमणको छानबिन हुन्छ,’ शनिबार साँझ साहलाई मेडिसिटी अस्पतालमा भेट्दै गृहमन्त्री खाणले भने, ‘छानबिनमा दोषी देखिएकामाथि कारबाही हुन्छ।’

भेटमा गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे।

पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ।

यसैबीच, गृहमन्त्री खाणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित