२३ वर्षिय वडा अध्यक्ष अमन गुप्ता लोकप्रिय बन्दै
२३ वर्षिय वडा अध्यक्ष अमन गुप्ता लोकप्रिय बन्दै
    • Bell Sanchar

    • १४ बैशाख २०७९, बुधबार

२३ बर्षको उमेरमा राप्रपाले एक युवा लाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०३ मा अध्यक्षमा सिफारीस गरेर मनोनयन दर्ता गरे संगै वडावासिको साथ पाएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का अमन गुप्ताले वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता संगै वडा वासिमा लोकप्रियता भन्दै गएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन अब १६ दिन बाँकी छ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तापछि टोल–टोलमा चुनावी अभियान सुरु भएका छन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचार सामग्री, कार्यकर्ता तथा समर्थकसहित भोट माग्न थालेका छन् ।

सानै उमेरमा राजनितिमा हुम्मीएका गुप्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको निर्वाचनको लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ०३ का लागि सर्बसम्बत सिफारिस गरेको राप्रपाले जनाएको छ । जनताबाटै अध्यक्ष बन्नु पर्छ भन्ने दवाव आए संगै आफुमा हौसला आएको उनले बताए ।

उनले भने जिम्वेवारी पुरा गर्ने आट भएकोले अध्यक्षको उम्मेद्धार बनेको हुँ मलाइ इकाई कमिटीले सर्बसम्वत सिफारीस गरेको छ । पार्टिले टिकट दिएको वडाको नेतृत्व गर्ने उनले बताएका छन् । गुप्ताले विगत २ बर्ष देखि पार्टिमा सक्रिय रुपमा लागिरहेका छन् ।

मेरो वडामा विभिन्न जातजाति ,धर्म ,का मानिसहरूको बसोबास गर्दै आएका छ्न र यति बेला हामी चुनावको संघारमा छौ र राप्रपा पार्टी बाट वडा वासिले ठुलो आश बोकेको अध्यक्ष गुप्ताले बताए ।

साताकाे चर्चित
सम्बन्धित