३ जनाको मृत्यु सवारी दुर्घटनामा परेर
३ जनाको मृत्यु सवारी दुर्घटनामा परेर
    • Bell Sanchar

    • २५ बैशाख २०७९, आईतवार

शका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । शनिबार राती सुनसरी, दाङ र चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।  सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा गएराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।  ना ४ ख ६८ ४० नम्बरको बसले को ५ प ४० ०४ नम्बरको मोटरसाइकललाई गएराती साढे १० बजे ठक्कर दिएको थियो ।

दुबै सवारी साधन नियन्त्रणमा लिएको र बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका–१० मा गएराती सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो ।

सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उता दाङको घोराही उपमहानगरपालिका–११ भाइरल रोडमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही नगरपालिका ९ रिहारका २४ वर्षीय सुनिल चौधरी रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित