सिंजा गाउँपालिका ६ को वडाध्यक्षमा नेमकिपाका लालबहादुर बुढा बिजयी
सिंजा गाउँपालिका ६ को वडाध्यक्षमा नेमकिपाका लालबहादुर बुढा बिजयी
    • Bell Sanchar

    • ८ जेष्ठ २०७९, आईतवार

जुम्ला जिल्लाको सिंजा गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा नेमकिपाका लालबहादुर बुढा बिजयी हुनुभएको छ ।

बुढाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उमेद्वार पन्नालाल रावतलाई १८ मतले पछि पार्दै बिजयी हुनुभएको हो । बुढा ४७७ मत प्राप्त गर्दा रावतले ४५९ मत प्राप्त गर्नुभएको हो ।

सिंजा गाउँपालिका वडा नं ६ लाई नेमकिपाको किल्लाको रुपमा चिनिदै आएको छ।

वडाध्यक्षमा बिजयी भएपश्चात बुढाले गाउँको विकास गर्ने, वडावासीको समस्यालाई सम्बोधन गर्ने तथा भ्रष्टाचार अन्त्यका लागि पहल गर्ने बताउनुभएको छ।

साताकाे चर्चित
सम्बन्धित