प्रहरीको हिरासतमा थुनुवा मृत फेला कोहलपुरमा
प्रहरीको हिरासतमा थुनुवा मृत फेला कोहलपुरमा
    • Bell Sanchar

    • ११ जेष्ठ २०७९, बुधबार

ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका थुनुवा मृत फेला परेको कोहलपुर प्रहरी स्रोतले जनाएको छ ।

मृत फेला पर्नेमा कोहलपुर– १२ का अन्दाजी ५५/५६ वर्षीय पुरुष रहेका छन् । उनीलाई स्थानीय चुनावअघि एक नाबालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्दै कोहलपुर प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो ।

बुधबार बिहान ती पुरुष हिरासत कक्षमा मृत भेटिएको कोहलपुर प्रहरीले जनाएको छ । कोहलपुर प्रहरीले हिरासत कक्षमै झुण्डिएको अवस्थामा पुरुषलाई फेला पारेको बताएको छ ।

अहिले कोहलपुर प्रहरीमा मृतकका आफन्त, जनप्रतिनिधि र प्रहरीबीच छलफल भइरहेको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित