बालेन २० हजार मतले अगाडी
बालेन २० हजार मतले अगाडी
    • Bell Sanchar

    • ११ जेष्ठ २०७९, बुधबार

काठमाडौँ महानगरपालिकाको २७ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म कुल १ लाख ६६ हजार ३ सय १३ मत गणना हुँदा मेयर पदमा १ लाख ३९ हजार ९६५ सदर मत परेको छ ।  ६५३२ मत पूर्ण बदर भएको छ।

महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ५४ हजार ७१८ मत प्राप्त गर्नुभएको छ । यस्तै शाहको प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गर्नुभएको छ भने एमालेका केशव स्थापितले ३३ हजार ९७५ मत ल्याउनुभएको छ । बालेन सिर्जनाभन्दा २० हजार मतले अगाडी हुनुहुन्छ ।

हालसम्म काठमाडौँ महानगरपालिकाको वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको छ। अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी  छ।

साताकाे चर्चित
सम्बन्धित