आज देशभरको मौसम यस्तो छ
आज देशभरको मौसम यस्तो छ
    • Bell Sanchar

    • १३ जेष्ठ २०७९, शुक्रबार

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण पहाडी भू-भागका केही स्थानगरूमा  मेघ गर्जन / चट्याङ्ग र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसमी अवस्था
२०७९ जेठ १३ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानगरूमा  मेघ गर्जन / चट्याङ्ग र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि  सामान्य बदली  रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 २०७९ जेठ १४ गते (शनिबार)

दिउँसो : प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत  देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १, मधेस प्रदेश, गणडकी प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ १५ गते (आइतबार)

दिउँसो : देशका अधिकांश भू-भागमा आंशिक देखि  सामान्य बदली  रहनेछ।देशका केहि स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १, मधेस प्रदेश, गणडकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साताकाे चर्चित
सम्बन्धित