आइतबार पनि स्कुल खुल्ने, हिमा गाउँपालिकामा
आइतबार पनि स्कुल खुल्ने, हिमा गाउँपालिकामा
    • Bell Sanchar

    • १६ जेष्ठ २०७९, सोमबार

जिल्लाको हिमा गाउँपालिकामा केन्द्रीय सरकारले तय गरेको शनिबार र आइतबारको बिदा कार्यान्वयन नहुने भएको छ।

आइतबार गापाभित्रका सार्वजनिक स्कुलका प्रधानाध्यापक स्तरीय बैठकले आइतबार स्कुल सञ्चालन गर्ने निर्णय गरेको हो। गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लक्ष्मण शाहीका अनुसार पाठ्य सामग्री पूरा नहुने र गापाको शैक्षिक स्तर बृद्धिका निम्ति उक्त निर्णय गरिएको हो।

बैठकमा १३ वटा महत्वकांक्षि निर्णय गरेको अध्यक्ष शाहीले जानकारी दिएका छन्। जसमध्ये गापाको शिक्षा गुणस्तर बनाउनेदेखि आइतबारको बिदा कटौती नगर्नेसम्मका छन्।

 

साताकाे चर्चित
सम्बन्धित