खुद नाफा २२ अर्बले घट्यो सार्वजनिक संस्थानको
खुद नाफा २२ अर्बले घट्यो सार्वजनिक संस्थानको
    • Bell Sanchar

    • १८ जेष्ठ २०७९, बुधबार

सरकारी स्वामित्वमा सञ्चालन भएका सार्वजनिक संस्थानको खुद नाफा २२ अर्बले घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४८ अर्ब ८९ करोड १६ लाख रुपियाँ रहेको खुद नाफा आर्थिक वर्ष २०७७/७८ मा २२ अर्बले घटेर २६ अर्ब ३५ करोड ८८ लाख रुपियाँमा झरेको हो ।

क्षेत्रगत संस्थानहरूमध्ये व्यापारिक क्षेत्र आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ९९ करोड ३१ लाख रुपियाँ खुद नाफामा रहेकोमा यो वर्ष ३७ करोड नोक्सानमा रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २२ वटा मात्रै नाफामा १९ वटा संस्थान घाटामा छन् । नीतिगत तथा व्यवस्थापकीय कमजोरीले धेरै संस्थान घाटामा गएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा उल्लेख छ ।

अघिल्लो वर्ष १२ अर्ब ८७ करोड खुद नाफामा रहेको नेपाल आयल निगम आर्थिक वर्ष २०७७/७८ मा ४३ करोड नोक्सानमा रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै जनउपयोगअन्तर्गत नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनीको आठ अर्ब नाफा घटेको प्रतिवेदनमा उल्लेख छ ।

क्षेत्रगत रूपमा विश्लेषण गर्दा जनउपयोग क्षेत्रमा ५५ अर्ब २५ करोड तीन लाख रुपियाँ, व्यापारिक क्षेत्रमा १८ अर्ब ९५ करोड ९२ लाख रुपियाँ, वित्तीय क्षेत्रमा ३३ अर्ब ७२ करोड ८३ लाख रुपियाँ र सेवा क्षेत्रमा पाँच अर्ब ६२ करोड ८१ लाख रुपियाँ सञ्चित नाफा रहेको छ । यस्तै औद्यौगिक क्षेत्रमा १९ अर्ब दुई करोड ६३ लाख रुपियाँ र सामाजिक क्षेत्रमा तीन अर्ब ७६ करोड तीन लाख रुपियाँ सञ्चित नोक्सान रहेको प्रतिवेदनमा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित