अर्काको विद्यालयमा झण्डै ४ लाख रुपियाँ लगानी गर्ने शर्मा को हुन् ?
अर्काको विद्यालयमा झण्डै ४ लाख रुपियाँ लगानी गर्ने शर्मा को हुन् ?
    • Bell Sanchar

    • २६ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्रा.डा. गोपालरमण शर्माले ट्रयाक सुट उपलब्ध गराएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँका अनुसार वरिष्ठ न्यूरो सर्जन शर्माले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन् ।

बानियाँले आफूहरुको आग्रहमा उनले ती सामाग्री उपलब्ध गराएको जनाए । विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् । ती सामग्रीको मूल्य झण्डै ४ लाख पर्छ । नसासम्बन्धीका डाक्टर शर्माले १७ हजारभन्दा बढीलाई कुशल उपचार गरेका छन् । शर्माले आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क उपचार गरिदिएको पनि बानियाँले जनाए ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी र विद्यालयको समग्र विकासको लागि आगामी दिनमा पनि आफूले सहयोग गर्ने शर्माले बताएका छन् । शर्माले शिक्षा र स्वास्थ्यमा आफ्नो तर्फबाट लगानीसमेत गर्दै आएका छन् । शर्माको योगदानको प्रशंसा गर्दै विद्यालयका संस्थापक, विद्यालय व्यवस्थापन समिति र अभिभावकले उनलाई सम्मान गरेका थिए ।

शर्माले सहयोग गरेको फोटो विद्यालयको कार्यालयमा राख्ने बानियाँको भनाई छ । बानियाँले आफू अध्यक्ष भएर आएपछि विद्यालयले शैक्षिक क्षेत्रमा राम्रो सफलता हासिल गरेको जनाएका छन् । ‘शिक्षामा केही सुधार गर्नुपर्छ भनेर म अध्यक्ष भएको हुँ, लक्ष्यअनुसार अघि बढिरहेको छु’ उनले भने ‘सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण गलत छ, सामुदायिक विद्यालय पनि नमुना बनाउन सकिन्छ भन्ने सन्देश दिनु छ ।’

साताकाे चर्चित
सम्बन्धित