संसद बैठक १ बजे, गृहमन्त्री खाणले तीन वटा विधेयक प्रस्तुत गर्ने
संसद बैठक १ बजे, गृहमन्त्री खाणले तीन वटा विधेयक प्रस्तुत गर्ने

उनले नै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

    • Bell Sanchar

    • ३ असार २०७९, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज (शुक्रबार)  बस्दैछ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बैठक बस्ने भएको  संसद सचिवालयले जानकारी दिएको छ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले तीन वटा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। उनले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उनले नै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैककमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, पेस गर्ने सम्भावित कार्यसूची छ।

संसदले बिहीबार मात्र आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयक पारित गरेको थियो।

 

साताकाे चर्चित
सम्बन्धित