न्यून आय भएका परिवारलाई बाख्रा र बङ्गुर  
  न्यून आय भएका परिवारलाई बाख्रा र बङ्गुर  
    • Bell Sanchar

    • ४ असार २०७९, शनिबार

Go"g cfo ePsf kl/jf/nfO{ afv|f Og?jf, $ c;f/ M ;'g;/L sf];L ufpFkflnsf– % sf Go"g cfo ePsf kl/jf/nfO{ ul/aL lgjf/0fsf nflu n3'pBd ljsf; sfo{qmdcGtu{t afv|f ljt/0f u/]kl5 v';L x'Fb} s[ifs . tl:a/ M clhts'df/ emf÷/f;;

सुनसरीको कोसी गाउँपालिका–१ की मुन्नी मरिक लामो समयदेखि बङ्गुरपालन गर्दै आउनुभएको छ । उहाँसँग उन्नत जातका बङ्गुर भने थिएनन् । मरिकले सोचेअनुसारको आम्दानी गर्न सक्नुभएको थिएन ।

बङ्गुरपालन गर्दा मरिकको अत्यधिक खर्च भएको छ । तर खर्चअनुसारको आम्दानी भने हुन सकेको छैन । ललिता मरिकको समस्या पनि मुन्नीको जस्तै छ । केही समय अघिसम्म बङ्गुरपालन गर्दा दाना, औषधि उपचार र स्याहारसुसारमा समय लाग्ने गरेकाले ललिता पाल्ने न पाल्ने भन्ने दोधारमा हुनुहुन्थ्यो । पछिल्लो समय भने उन्नत जातको बङ्गुरपालनबाट सोचेकोभन्दा बढी आम्दानी हुने आशले उहाँ यसमा कम्मर कसेर लाग्नुभएको छ ।

त्यसैगरी कोसी गाउँपालिका–५ की महावती सदाले पनि बाख्रापालन गर्दै आउनुभएको थियो । कोसी कटान क्षेत्रमा अधिकांश खेत बगर रहेका कारणले सदाले स्थानीय जातको बाख्रापालन गर्दै आउनुभएको छ । बाख्रापालन गर्दा लाग्ने खर्च र मेहनतअनुसारको परिश्रम पाउन कठिनाइ हुँदै आएपछि उहाँ समस्यामा हुनुहुन्छ ।

Go”g cfo ePsf kl/jf/nfO{ aªu’/
Og?jf, $ c;f/ M ;’g;/L sf];L ufpFkflnsf– ! sf Go”g cfo ePsf kl/jf/nfO{ ul/aL lgjf/0fsf nflu n3’pBd ljsf; sfo{qmdcGtu{t aªu’/ ljt/0f u/]kl5 v’;L x’Fb} s[ifs . tl:a/ M clhts’df/ emf÷/f;;


स्थानीय जातको बाख्रापालन गर्दा औषधि उपचार, घाँस, स्याहारसुसार गर्दा खर्च र मेहनत निकै लाग्ने गरेको भए पनि सोअनुसारको आम्दानी नहुँदा के गर्ने भने समस्याले सदा परिवारलाई पिरोलिरहेको छ । कोसी गाउँपालिका–५ की रुवि सदाको अवस्था पनि ललिताकोभन्दा कम थिएन । स्थानीय जातको बाख्राले खासै आम्दानी नदिएपछि उहाँ अन्य पेशाको खोजीमा हुनुहुन्थ्यो ।

पछिल्लो समय कोसी गाउँपालिकाले उन्नत जातको बङ्गुर र बाख्रा दिएपछि अहिले त्यस क्षेत्रका न्यून आय भएका परिवार खुसी छन् । पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत कोसी गाउँपालिका–१ का २५ परिवारलाई उन्नत जातको बङ्गुर र कोसी–५ स्थित प्रभाकर टोलका २२ सदा र मरिक समुदायका किसानलाई बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिनुभयो ।

तालिम प्राप्तसमेत गरेका उनीहरुले उन्नत जातको बाख्रा र बङ्गुर पाएपछि आम्दानी हुने उद्देश्यका साथ लागिपरेका छन् । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउने योजनाअनुसार बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताउनुभयो । ‘अध्यक्ष कृषि आधुनिकीकरण योजना’बाट ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्न सहयोग पुगेको उहाँको भनाइ छ ।
–––

साताकाे चर्चित
सम्बन्धित