छालाको हेरचाह कसरी गर्ने गर्मीमा ?
छालाको हेरचाह कसरी गर्ने गर्मीमा ?
    • Bell Sanchar

    • २१ असार २०७९, मंगलवार

छाला शरीरका लागि सुरक्षात्मक तह ह। गर्मीमा अत्यधिक तापमान र सूर्यको तेज किरणका कारण छाला शिथिल हुन्छ । यसबाट टेनिङ, एलर्जी, चायाँ, पोतो आदि समस्या देखा पर्छन्।

अझ गर्मीमा सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो। गर्मी मौसम छाला सम्बन्धी रोगका लागि पनि सवंदनशील मौसम मानिन्छ। यस समयमा सूर्यको किरणको ताप चर्को हुने तथा वातावरणमा सूक्ष्म जीवाणु समेत देखा पर्ने गर्छन्।

 

सूर्यको किरणले छालालाई केही असर नगरोस् भन्नका लागि यसको हेरचाह र ख्याल राख्नुपर्ने हुन्छ। गर्मी मौसममा विशेष गरी तापक्रम बढी हुने हुँदा शरीरमा पसिना बढी आउँछ।

 

पसिनाले गर्दा छालामा प्रभाव पार्दछ। जसका कारण फंगल इनफेक्सन हुने, दाद, दुबी, छाला बाक्लो हुने, घमौरा आउने, छालामा घाउ हुने र चिलाउने समस्याहरू देखिन्छन् । सूर्यको किरण सिधै पर्दा चाँडै चाउरी पर्ने समस्या पनि देखिन्छ।

यसरी गर्नुहोस् छाला हेरचाह

 

१ बाहिर धेरै गर्मी हुँदा लोशन पसिनासँगै बगेर जान्छ । त्यसकारण घाममा निस्कनुभन्दा आधा घण्टा पहिले नै सनस्क्रिम लगाउनुहोस।

 

२  सकेसम्म छायाँमा उभिनुहोस्।

 

३ घरबाट बाहिर निस्कँदा छाता ओडने, क्याप लगाएर हिँड्ने वा हातलाई सुतीको कपडाले ढाकेर निस्कनुहोस्।

 

४  नियमित रुपमा व्यायाम गर्नुहोस्।

 

५ प्रशस्त पानी पिउने तथा सन्तुलित भोजन गर्ने बानी बसाल्नुहोस्।

 

६ कामबाट फर्केपछि शरीर नुहाउने वा सफा गनुहोस्।

 

७ आफ्नो छालाअनुसारको सनब्लक क्रिमको प्रयोग गनुहोस्।

 

८ हाइ केमिकल भएको साबुनको प्रयोग नगनुहोस्।

एजेन्सी

साताकाे चर्चित
सम्बन्धित