शैक्षिक सुधार अभियान, सिंजा गाउँपालिमा
शैक्षिक सुधार अभियान, सिंजा गाउँपालिमा
    • Bell Sanchar

    • २१ असार २०७९, मंगलवार

जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक  क्षेत्र सुधार गर्ने अभियान थालेको छ ।  गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा भएको शिक्षक दरवन्दी व्यवस्थापन, शैक्षिक उपलब्धी स्तर सुधार, प्रधानाध्यापक मिलान सहित शिक्षामा रहेको परीक्षा प्रणाली प्रतिको असन्तोष समाप्त गर्ने लक्ष्य लिए अनुसार पहिलो पटक विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, वालविकास केन्द्रका शिक्षिकाहरु सहित सरोकारवाला निकायहरुको उपस्थितिमा विद्यालयका शैक्षिक समस्याहरु तथा सुधार्न हुने बिषयमा बृहत अन्तरक्रिया तथा छलफल गरिएको छ ।

सिंजा गाउँपालिकाको आयोजनामा सिंजाको नराकोटमा शैक्षिक स्थिति सुधारका लागि शिक्षक तथा अभिभावकले सूझाव  दिएका छन ।  शिक्षकहरुले विद्यालय संरचना निर्माणको अभाव, दरवन्दी अभाव, खानेपानीकाे समस्या , बिद्यालय घेराबार जस्ता   विभिन्न समस्या  समाधान गरिदिन माग राखेका छन।

शिक्षकहरुले सरकारी शिक्षकले पोषाक लगाउन पाउने तर निजी शिक्षकलाई पोषाक समेत नभएको गुनासो गरेका छन् ।
शिक्षकहरुले केही विद्यालय पक्कि नभएका तथा हिलोले वालवालिका वस्न समस्या भएको गुनासो पोखेका छन् ।

शिक्षकहरुले गाउँपालिकाले थालेको अभियान राम्रो भएकाले प्रथामिकताको आधारमा शैक्षिक सुधार गर्न पूर्वाधार तथा अन्य बिषयमा जोड दिए ।
कालिका आधारभुत विद्यालय बिष्टवाडाका प्रधानाध्यापक गणेश प्रसाद सिम्खाडाले विद्यलायका कक्षाकोठा हिलो भएकाले वालवालिका बस्न समेत कठिन भएको बताए  ।

उनका अनुसार विद्यालयको कक्षाकोठामा बर्षाको पानी र र पहिरो आउने भएकाले समस्या भएको बताए ।

साताकाे चर्चित
सम्बन्धित